खुमबहादुर खड्काको नेतृत्वमा हिन्दु राष्ट्रको पक्षमा बिहङ्गम राष्ट्रिय गोष्ठी हुने

खुमबहादुर खड्काको नेतृत्वमा हिन्दु राष्ट्रको पक्षमा बिहङ्गम राष्ट्रिय गोष्ठी हुने

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ,१२ मंसिर ।

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमाआगामी मंसिर १५ गते हिन्दु राष्ट्रको पक्षमा  बिहङ्गम राष्ट्रिय गोष्ठी हुने भएको छ ।

“सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं “भन्ने मुलमन्त्रकासाथ बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको हाे ।

बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको आन्तरिक तयारी समेत ब्यापकरुपमा भएको भन्दै अायाेजकले गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुनेछ ।

नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ । नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा सनातन हिन्दुधर्मालम्बीहरुलाई लगायतलाई आग्रह गरिएको छ ।

नेपाल राष्ट्रियतालाई हृदयङ्गम गर्दै शंखघोष गरेर सनातन हिन्दू राष्ट्र स्थापना महाभियान छेड्ने आयोजकको तयारी छ । खड्का समुहले पहिले पनि अभियान चलाएका थिए, खड्का अस्वस्थ्य भएकाले अभियान केही सुस्त बनेको थियो । ]

मंसिर १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ