एसीसी महिला क्रिकेटमा नेपालको लगातार दोस्रो पराजय

एसीसी महिला क्रिकेटमा नेपालको लगातार दोस्रो पराजय

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,१३ मंसिर ।

थाइल्याण्डमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा खराब ब्याटिङ्ग प्रदर्शन गरेको नेपाली क्रिकेट टोली आज श्रीलंकासँग ८ विकेटले पराजित भयो ।

२४ रनको झिनो लक्ष्य श्रीलंकाले २ विकेटको क्षतिमा ४ दशमलव ३ ओभरको क्षतिमा भेट्टाएको थियो । यशोदा मेन्डिसलाई पहिलो ओभरको अन्तिम बलमा गुमाए पनि क्याप्टेन हसिनी परेराले अविजित १७ रनको योगदान गरेपछि श्रीलंकाले सहज जित दर्ता गर्यो ।

चामरी अट्टापट्टुलाई नेपालकी रुबिना क्षेत्रीले क्रिजबाट हटाउनुअघि करुणा भण्डारीले पहिलो सफलता चाखेकी थिइन् ।

यसअघि श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो । चौथो ओभरको ५ औं बलमा सिता मगर ४ रनमा आउट भएपछि शुरु भएको नेपालको विकेट पतन त्यसपछि रोकिएन ।

नेपाल १६ दशमलव २ ओभरमा २३ रनमा प्याक भयो । ओपनिङ गर्न अँएकी ज्योति पाण्डेले सर्वा्धिक १६ रन जोडिन् । त्यसपछि क्याप्टेन रुबिना क्षेत्रीले १ रन जोड्नबाहेक अन्य खेलाडी खातानै नखोली पविलियन फर्किएका थिए ।

नेपालका ७ जना खेलाडीहरु डक आउट भएका थिए । १४ बल खेलकी रुबिनाले १ रन बनाइन् भने काजल श्रेष्ठले १२ बल खेलेपनि डकआउट भइन् । रश्मी शर्मा गोल्डन डकको शिकार बनिन् । श्रीलंकाकी सुगन्धिता कुमारी र इनोका रानाविराले ३–२ तथा ओसादी रणसिंघेले २ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । अब नेपालले इण्डिया, बंगालादेशसँग र आयोजक थाइल्याण्डसँग खेल्न बाँकी छ ।

नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । २ खेलमा इण्डिया ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ । समान ४ अंक भएपनि रन औसतमा पाकिस्तान दोस्रोमा छ ।

त्यस्तै श्रीलंका २ अंकमा तेस्रो र समान अंक भएपनि रन औसतमा बंगलादेश चौथोमा छ । खाता खोल्न नसकेको थाइल्याण्ड पाँचौ र नेपाल अंक तालिकाको पुछारमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी