बार्सिलोना र रियाल सोसिडाड विचको खेल बराबरीमा रोकियो

बार्सिलोना र रियाल सोसिडाड विचको खेल बराबरीमा रोकियो

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी मंसिर १३ ।
स्पेनिश ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना र रियाल सोसिडाड विचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियाल सोसिडाडको मैदानमा भएको खेलमा घरेलु टोलीका विलियन जोजेले पहिलो गोल गरे । तर लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

सोसीडाडको मैदानमा बार्सिलोना र सोसीडाड विच भएको कुल ६ खेल मध्ये ५ खेलमा सोसीडाड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । यस्तै बार्सीलोनाले आफ्नै मैदानमा भने सोसीडाडसँग हालसम्म खेलेका सबै ६ खेल जितेको छ ।

ला लिगा अन्तर्गत गएराती नै भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले हराँउदा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले पराजित गरेको छ ।

स्पेनिस ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २७÷२७ अंक जोडेको बार्सीलोना र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी