एसिया कप क्रिकेटमा अाज नेपाल श्रीलंकाँग भिड्दै

एसिया कप क्रिकेटमा अाज नेपाल श्रीलंकाँग भिड्दै

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, मंसिर १३ ।

थाइल्याण्डमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा नेपालले अाज (सोमबार) श्रीलंकासंग खेल्दैछ । पहिलाे खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित नेपाल अाफ्नाे दाेस्राे खेलमा जित निकाल्ने दाउका साथ मैदान उत्रदै छ ।

खेल दिउँसो पौने १ बजे सुरु हुँदैछ । श्रीलंकाले पनि पहिलो खेलमा पराजय बेहोरेकाे थियाे ।

अाजै पहिलो खेलमा बिहान पौने ९ बजे भारत र पाकिस्तान भिड्ने छन् ।

यता, भारत र पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेका छन् । पहिलो खेलमा बंगलादेशलाई ६४ रनले हराएको भारतले दोस्रोे खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले हरायो ।

पहिले ब्याटिङ्ग गरेको थाइल्याण्डले ५ विकेटको क्षतिमा ६९ रन बनायो । जवाफमा भारतले ११ ओभर १ बलमै १ विकेटको क्षतिमा विजय हासिल ग¥यो ।

त्यस्तै पहिलो खेलमा नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्‍यो ।

पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय १२ रन बनाएकामा पाकिस्तानले १० बल खेल्न बाँकी छँदै २ विकेट गुमाएर विजयी भयो ।

सिंगल राउण्ड रविन लिगका आधारमा जारी ६ टिम सहभागी प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी