बिस्फोटमा घाइते हुनेहरुमा नेपाल प्रहरीका हब्लदार कणीबहादुर बिक,जवानद्वय राजेश तामाङ र बिनोद राजबंसी तथा नेपाली सेनाका जवान चन्द्रप्रकास गुरुङ रहेकाे जिल्ला प्रहरीका डिएसपी दानवहादुर कार्कीले बताउनु भयाे । सेनाकाे जवानकाे मुखमा छर्रा लागेकाे छ भने प्रहरीहरुकाे हातमा छर्रा लागेकाे छ ।
जिल्ला प्रशासन कार्यालयमा बम रहेको हल्ला भएपछि कार्यालयमा काम गरिरहेका कर्मचारी तथा सेवाग्राही त्रसित भएका थिए । बम फेलापरेपछि दिनभरि कार्यालयको दैनिक कामकाज प्रभावित भयाे ।
बम निष्क्रिय गर्न जिल्ला प्रशासन कार्यालय आसपास क्षेत्रबाट सर्वसाधारणलाई खाली गराइएको थियाे भने उक्त सडकमा समेत आवागमनमा रोक लगाइएको थियाे ।
यसैबीच जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय संयोजक जयकृष्ण गोइतले स्थानिय संचारकर्मीहरुलाई विज्ञप्ती पठाएर आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बम राखेको जानकारी गराउनु भएकाे छ ।