सम्भोग गर्नुअघि यी खानेकुरा नखानुहोस्

सम्भोग गर्नुअघि यी खानेकुरा नखानुहोस्

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

सम्भोग गर्नु अघि हामिले खानेकुरामा विचार पुर्याउन आवश्यक छ ।
सम्भोगका समयमा आनन्द लिनका लागी हामि बिभिन्न उपाउहरु अपनाउछौ । त्यसमध्ये खानेकुरा पनि महत्वपूर्ण छ ।
सेक्स गर्नु अघि यी कुरा नखानुहोस् ।

लसुन : लसुन खादा मुख र श्वासलाई दुर्ग्न्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ र सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

पनिर : शाकाहारिहरुले बढी पनिर खाने गर्छन् ,तर मांशाहारिले खादैनन् भन्ने होईन । यदि सेक्सअघि पनिर खानुभयो भने त्यसको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ ।

रातो मासु : रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुदैन ।
चिज : चिज पनि ढिलो पच्ने खानेकुरामा पर्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

चुइङ्गम : यसले मुख फ्रेस हुन्छ र यसले चुम्बन गर्न सहज हुन्छ तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।
पुदिना : मुखलाई वासनादार बनाउने र पेटलाई राम्रो गर्छ भनिएपनि यसले सेक्सलाई भने असर गर्छ । पुदिनाले उत्तेजना घटाउने हुनाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।
खाना खाने बित्तिकै : धेरैले रातको खाना खानासाथ बेडमा गएर सेक्स गर्ने गर्छन् । यसलाई पनि छाड्नुहोस् । खानाले पेट फुलेको हुनाले सेक्स गर्न सहजता हुन्न र स्वास्थ्यका लागी पनि हानिकारक छ । त्यसैले केहि बेर आराम गरेपश्चात मात्र सेक्स गर्नु उपर्युक्त हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी