प्रिमियर लिगमा चेल्सी विजयी

प्रिमियर लिगमा चेल्सी विजयी

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी मंसिर १२ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले टोटनह्यामलाई २–१ को गोल अन्तरले हराएको हो ।

चेल्सीको जीतमा पेड्रो र भिक्टर मोसेसले एक एक गोल गरेका हुन् । खेलको ११ औं मिनेटमा क्रिष्टियन एरिकसनले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

खेलको ५१ औं मिनेटमा मोसेसले गोल गरेपछि चेल्सीले २–१ को अग्रता लियो । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भएको हो ।

यस्तै लिग अन्तर्गत गएराती सम्पन्न अर्को खेलमा लिभरपुलले सण्डरल्याण्डलाई २–० ले हराँउदा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई ५–४ ले पराजित गरेको छ ।

यसैगरी म्यान्चेस्टर सिटीले बर्नलेलाई २–१ ले हराउदा लेष्टर सिटी र मिडिल्सब्रोले २–२ गोलको बराबरी तथा खेलेका छन् ।

गएरातिका खेलहरुपछि इंग्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा १३ खेलबाट ३१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट ३० र ३० अंक जोडेका लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

यसैविच प्रिमियर लिग फुटबल अन्तर्गत आज राति पनि चार खेल हुदै छ । आज हुने खेलमा वाट्फोर्ड र स्टोक सिटीले प्रतिस्पर्धा गर्दा आर्सनल र बर्नमाउथ आमने सामने हुनेछन् ।

यस्तै म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडको सामना गर्दा साउथह्याम्पटन र एभर्टन विच प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी