महिला भएकै कारण शोषण र विभेद कहिले सम्म… कानून खै सरकार ?

महिला भएकै कारण शोषण र विभेद कहिले सम्म… कानून खै सरकार ?

  • आइतवार, मंसिर १२, २०७३
  • सुस्मिता न्यौपाने

  • 7.1K
    SHARES

काठमान्डौ । साना कक्षाहरुमा पढ्दा केही मित्रहरु थिए । पुरुष भई जन्मेका मित्र । हाँसखेल सबै साथीसंगी विच हुने गर्थ्यो । सामान्य रुपमा सबैसँग भएको हाँसखेलको बढाइचढाइ चर्चा चलाउने, नाम बिकाउने देखि लिएर बदनामी सम्म पनि गराउनु उनिहरुको पेसा बन्थ्यो । यसो गर्दा पुरुषत्व प्राप्ति भएको महसुस हुन्थ्यो किरु अथवा उनिहरु पनि पुरुषवादी समाजका प्रतिरुप थिए । उनिहरुको यो ब्यवहार म बुझ्दिनथिएँ । त्यहि लहैलहैमा लागेर आफुलाई कुमार्गमा डोहोर्याइएको समेत पत्तो पाइएन सानो उमेरमा, चौबाटोको उमेरमा । स्कुल त गइन्थ्यो तर ज्ञान सिक्ने ठाँउमा सुमार्गमा हिड्नका लागि कुनै पनि गुरुहरुले प्रेरित गर्ने सम्भावना थिएन । किताब पढाउने भन्दा उहाँहरूको जिम्मेवारी थिएन अथवा जान्नु नै भएन । उहाँहरू बरु जिस्काउने, गिज्याउने सम्म गर्नुहुन्थ्यो । महिला शिक्षिका हामी स्कुल पढ्दा एक जना मात्रै हुनुहुन्थ्यो । कार्यालयहरुमा महिलाका सहि निर्णय पनि धेरै कम लागू हुन्छन् ।

जायज मागलाई पनि वेवास्ता गर्ने र टार्ने काम गरिन्छ । जसको फलस्वरूप महिलाहरूमा हिनताबोध हुने, निरासापन हावी हुने, सृजनशिल काम गरेर संस्थालाई प्रगतिपथमा अघि बढाउन निरुत्साहित हुने जस्ता गुणहरु देखापर्छन् । एक विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत थिएँ । सानैदेखि सृजनशिल रहन मन पर्ने । त्यहाँ पनि सृजनशिल काम गर्ने जोस बढ्यो । तर एक्लि महिला शिक्षिकाको आँटलाई साकार बनाउनु र यदि गलत भनिएमा फेरि जाँगर मर्ने डर थियो साथै सबैको साथ र विस्वास पाउनु असम्भव नै थियो । अन्य महिला शिक्षिकाहरु भन्दा सो विद्यालयमा अलिक बढि नै जोस् देखाउने शिक्षकलाई मित्रवत व्यवहार गर्दै आफ्नो पक्षमा पारेँ । विद्यालयमा सृजनशिल एवम् फलदायी काम गरियो र सफल पनि भयो । जसमा उनलाई सहजै विस्वास गरेर सबैको साथ प्राप्त भएको थियो । आइडिया मेरो भए पनि साथ उनको थियो ।

राम्रो काम गर्न पनि एक्ली महिलालाई सबैको साथ नहुँने कुरा अब आत्मसात् गरेँ । अब उक्त शिक्षक यो सोच्ने स्थितिमा थिए कि, “मिसको मिसन मैले पूरा गरेँ, मेरो मिसन अब यिनले पूरा गर्छिन् । ” उनको यो पुरुषवादी सोच उनले राखेका घुम्न जाने र भेट्ने बेलाबेलाका प्रस्तावहरुमा झल्किन्थ्यो । जसलाई ठाडै अस्विकार गरेकी हुनाले होला, जति निकट सम्बन्ध उनिसँग हिजो थियो आज छैन । अर्को एउटा संस्थामा कार्यरत रहँदाको कुरा हो, म माथिल्लो पदको कर्मचारी थिएँ । तर कुनै पनि प्रशासनिक मामलामा मैँले बोल्ने वा निर्णय गर्ने अवस्था नै सृजना हुँदैनथ्यो । आफ्नै मात्र हक अधिकारका लागि जाहेज माग प्रस्तुत गर्दा पनि राजनीतिक ब्याकफोर्स लिएर आएका पुरुष समाजसेवी ज्युहरुले विभिन्न कथा रचेर मेरो मागलाई सहजै कुल्चिदिन्थे, टारिदिन्थे । पछि उक्त संस्था र आफ्नो सामाजिक काम मन पर्दापर्दै पनि सेवा छोडिदिएँ ।

यस लेखलाई पढ्दै गर्दा कति पुरुषलाई लाग्ला यसले हाम्रो पर्दाफास गरि, अनि कतिले त्यो हिंसक गलत रहेछ भन्लान् र कोहिकोहिले आफैंले गरेका कृत्यहरु स्मरण नै नगर्लान् । भने जो महिलाहरूले अध्ययन गर्लान् ती मध्ये कतिका समान भोगाइ हुोछ यो कथा भने कतिले असल काम गर्न, शक्तिशाली हुन महिले भएकोले नरोकिने अन्दाज लगाउलान् । तिनै उच्च क्षमतावान केही महिलाहरुलाई पर सारेर बाँकी मध्यम र निम्न स्तरीय महिलाहरूको कुरा गर्ने हो भन् यो भोगाइ यो पीडासँग मेल खानेछ र कतिपयका पीडा अझै दर्दनाक हुनेकुरामा दुईमत छैन जो शिक्षित पनि हुनुहुन्छ, अझ अशिक्षित र ग्रामीण भेगका महिलाहरूको भोगाइका पीडा त स्मरण गरिसाध्य छैन ।

जो महिलालाई हिंसा पिडित भएको थाहा छ उनी दुखले छट्पटिनेछिन भने पिडित भएको थाहै नपाउने चाहिँ चुपचाप रहनेछिन् अन्जान अबोध बालबालिका जसरी । उल्लेखित साझा समस्याहरू महिलाले महिला भएकै कारणबाट भोग्ने समस्याहरु हुन् । न त कुनै कानुनी रुपमा प्रमाण नै पुग्ने, न त समाज साक्षी राखेर दोषीलाई यसको दोष य१ हो भनेर अौला उठाउन मिल्ने यस्ता हिंसात्मक अनगिन्ती पिडाबाट गुज्रिएर पनि यहि समाजमा आफ्नो स्थान, मान र नाम राख्न सक्नु वास्तवमा एक पुरुषले विना हिचकिचाहट शिखर चढेभन्दा कम छैन एक महिलाका लागि ।

हिंसा सहनु पनि गलत हो भन्ने गरिन्छ, कानुन प्रयोग नगर्नु पनि दोषी हुनु हो भन्ने गरिन्छ । तर कानुनले ठोस प्रमाण खोज्ने गरेको छ, महिलाका बेदना र भावनाको भाषा बुझ्दैन कानुन । यस्ता प्रकारका हिंसात्मक कृयाकलापको प्रमाणका रुपमा के प्रस्तुत गर्नेरु गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउनेरु बाटोमा केटिमान्छे हिड्दा छतबाट र झ्यालबाट तालि पिट्न्, सिठि बजाउने, जिब्रो पड्काउने केटाहरूलाई सजाय दिने कस्तो कानुन बनेको छरु हर्न बजाउँदै केटीको अघिपछि गर्ने केटालाई कुन कठघरामा कसरी उभ्याउने रु नवबिबाहित पल्लाघरे दाजुले भाउजूको भन्दा तिम्रो प्रगति चाहन्छु तिमिलाई धेरै माया गर्छ भनिरहँदा गलत आफुलाई लाग्दालाग्दै पनि उ गलत हो भनेर महसुस कसरी गराउने रु यस्ता मानशिक हिंसापिडितहरुलाई सम्बोधन हुने कानुन कहाँ बनेको छरु कस्को लागि लागू हुन्छरु महिलाले महिला भएकै कारण यस्ता शोषण र विभेद कतिन्जेल सहने , खै कानुन रु

बास्तवमा हिंसा शारीरिक मात्र नभएर अन्य किसिमबाट पनि हुन्छ र सबै हिंसा दण्डनीय नभएको कुरा कानुन निर्माताहरुले बुझ्नु जरुरी छ । अन्तमा हिंसकहरुको बिकृत मनस्थितिको उपचार गराउनु नै हिंसा निर्मुल पार्ने अचुक उपचार हो कि रु

लैङ्गिक हिंसा बिरुद्धको दिवसका अवसरमा सुस्मिता नयौपानेको वास्तविकतामा आधारित लेख । लेखिका न्यौपाने महिला ससक्तिकरण र लैङ्गिक हिंसा बिरुद्ध अभियानमा सक्रियता राख्ने सामाजिक अभियन्ता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी