एसीसी महिला क्रिकेटको पहिलो खेलमा नेपाल ९ विकेटले पराजित

एसीसी महिला क्रिकेटको पहिलो खेलमा नेपाल ९ विकेटले पराजित

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौं मंसीर ११ ।

थाईल्याण्डमा शुरु भएको एसीसी महिला क्रिकेट प्रतियोगीता २०१६ को पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध कमजोर प्रदर्शन गर्दै ९ विकेटको पराजय व्यहोरेको छ ।
टस जीतेर पहिले व्याटीङ गरेको नेपालले १८.१ ओभरमा अलआउट हुदै मात्र ४७ रन जोड्न सक्यो । नेपालले दिएको ४८ रनको लक्ष्य पाकिस्तानले १० ओभरमा एक विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि रुबीना क्षेत्रीले अविजित सर्वाधीक ११ रन जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । नेपालका ३ खेलाडी शुन्य रनमै पेभिलियन फर्किएका थिए ।
ज्योती पाण्डे र ईन्दु बर्माले समान ८ रन जोडे भने करुणा भण्डारीले ६ रन जोड्नि । यसै गरी निरा राजोपाध्याय २, सरीता मगर १ रन बनाएर आउट भईन् ।
नेरी थापा, सिता राना मगर, सरस्वती कुमारी शुन्य रनमा पेभिलियन फर्किएका थिए ।
पाकिस्तानका लागि आयसा जफरले २६ र जेभिरा खानले १६ रन जोडे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी