यात्रा !

यात्रा !

  • शनिबार, मंसिर ११, २०७३
  • राजेश विद्रोही

  • 10.1K
    SHARES

थाहा छ मलाई त्यो जीवनको यात्रा ।
जता जता हिंडछु त्यतै त्यतै खतरा ।।

पत्याउन त गारो छ विश्वास त सारै छ ।
कसरी हिंडौं त्यो बाटो बाटोभरी काँडो छ ।।

एक पटक विश्वास गर्दा जीवन नै उडयो ।
हैसियत त सानै छ एकै पटकमा चुँडियो ।।

कतिलाई विश्वास गर्नु कति सँग मिल्नु ।
र त भन्छ मान्छे घाँटी हेरी हाड् निल्नु ।।

बाढीको वेगसरी जीवनको छ यात्रा ।
दुई दिनको जिन्दगी मिलाई हिंडनु जात्रा ।।

जता जता विश्वास छ त्यतै त्यतै खतरा ।
अविश्वासको ठाउँमा छन् झन लफडै लफडा ।।

जीवन सानो भए पनि गर्नु धेरै कुरो छ ।
यात्रा निरन्तर भए पनि निर्नय आफै लिनु छ ।।

जसले जीवनको कुरा वुझछ उसैले केहि गर्छ ।
इतिहासको पानामा आफूलाई सुरक्षित राख्छ ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी