एसियाकपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

एसियाकपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ११ मंसिर ।
छैटौं संस्करणको एसिया कप महिला क्रिकेट प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आज बलियो टोली पाकिस्तानको सामना गर्दैछ ।

खेल स्थानीय समयअनुसार दिउँसो १ बजेपपछि थाइल्याण्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुनेछ । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

पाकिस्तानले सन् २००८ मा भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि सहभागिता जनाउदै आएको छ भने नेपाल सन् २०१२ मा ग्वान्झाउमा भएको पाँचौ संस्करणपछि मात्र सहभागी भएको हो ।

गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्न पाएको हो ।

प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित टी ट्वान्टी टोलीको मान्यता प्राप्त पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश पनि सहभागी छन् ।

आगामी मंसिर १९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोविन लिगका आधारमा खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी