काठमाण्डौं मंसीर ११ ।
भारतको सिलगुडीमा हुने चौथो महिला साफ् च्याम्पियनसिपका नेपाली महिला फुटबल टोलीले आजबाट बन्द प्रशिक्षण सुरु गर्दैछन् ।
प्रतियोगिताका लागि ३० सदस्यीय खेलाडी छनोट भएको छ । प्रशिक्षणमा रहेका ४२ जना मध्येबाट १२ जना भने बाहिरीएका छन् ।
टोलीमा सपना लामा , दिपा अधिकारी, नमिता कुमारी दलि, रुपा राना मगर , एन्जीला सुव्वा, दिपा राई , सावित्रा भण्डारी लगायत रहेका छन् ।
आगामी डिसेम्भर २६ तारीखबाट सुरु हुने प्रतियोगितामा नेपालले श्रीलका, भुटान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline