राजधानीमा छैठौ अन्तराष्ट्रिय लोक संगित चलचित्र महोत्सव हुदै

राजधानीमा छैठौ अन्तराष्ट्रिय लोक संगित चलचित्र महोत्सव हुदै

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमान्डौ ,मंसिर ९ ।
राजधानीमा आजबाट छैठौ अन्तराष्टिय लोक संगित चलचित्र महोत्सब २०७३ सुरु हुदै छ । तीन दिन सम्म चल्ने सो महोत्सव राष्टिय नाचघर जमलमा हुने छ ।

जीवनका लागि संगीत र बाँच्नका लागि संगित भन्ने नाराका साथ सुरु हुन लागेको सो महोत्सवमा नेपाल सहित २८ राष्ट्रका लोक डकुमेन्ट्री प्रदर्शन गरिने छ ।

महोत्सवमा भाग लिन आवेदन दिएका १ सय १५ मध्य २८ वटा डकुमेन्ट्री छनोट गरी प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

नेपाली लोकबाजा संग्राहलय र सांस्कृतीक संस्थानको आयोजनामा हुन लागेका महोत्सवमा नेपाल सहित भारत, बंगलादेश,जापान, अमेरिका, फ्रान्स, चीली, कम्बोडिया, जर्मनी, ओमन लगायत २८ राष्ट्रहरुको लोक डकुमेन्ट्री प्रदर्शन हुने छ ।

महोत्सवले विश्वका लोक संगीतको संरक्षण र विकासका लागि पेरणा दिने नेपाली लोकबाजा संग्राहलयका अध्यक्ष राम्रप्रसाद कँडेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी