काठमाडौ ९ मंसिर ।
झापामा जारी चौथो सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङदी क्बल र रुपन्देही ११ विच प्रतिस्पर्धा हुदै छ ।
खेल झापाको सुरुंगास्थित कन्काई उच्च माविको मैदानमा अपरान्ह तीन बजे पछि हुनेछ । यस अघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
एपीएफले पुलिसलाई ट्राइब्रेकरमा ५ –४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दुवै टोली बाट खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसके पछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो ।
एपीएफले आज को विजेता टोली सँग उपाधि का लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता टोलीले ३ लाख ५१ हजार १ सय ११ रुपैया र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैया पाउने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline