साफका लागि ४२ महिला खेलाडीको प्रारम्भिक छनौट

साफका लागि ४२ महिला खेलाडीको प्रारम्भिक छनौट

  • मङ्लबार, मंसिर ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर ७ काठमाण्डौं । अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न चौथो महिला साफ च्याम्पियनसीपका लागि ७२ मध्येबाट ४२ महिला खेलाडीको छनौट गरेको छ ।

प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले प्रारम्भिक छनौटमा परेका ७२ मध्येबाट ४२ खेलाडी छनौट गरेका थिए ।

एन्फाले छिट्टै ४२ बाट घटाएर ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने जनाएको छ ।

आगामी डिसेम्बर २६ देखि भारतमा हुने प्रतियोगितामा नेपाल श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूह ए मा परेको छ । समूहको पहिलो खेलमा नेपालले भुटानसँग डिसेम्बर २६, माल्दिभ्ससँग डिसेम्बर २८ र श्रीलंकासँग डिसेम्बर ३० मा प्रतिस्पर्धा गर्नेछ । नेपाल साफ च्याम्पियनसीपको साविक उपबिजेता हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी