माओवादीले दियो चौधरी ग्रुप लाई यस्तो चेतावनी !

माओवादीले दियो चौधरी ग्रुप लाई यस्तो चेतावनी !

  • सोमवार, मंसिर ६, २०७३
  • शिव डुम्रे

  • 4.8K
    SHARES

नवलपरासी मंसिर ६ । विप्लव नेतृत्वको नेकपा (माओवादी) जिल्ला समिति नवलपरासीले एक विज्ञप्ती सार्वजनिक गर्दै चौधरी उद्योगले उद्योग भित्र कार्यरत मजदुरहरुलाई राजनैतिक आस्थाको आधारमा गरिने विभेद, अमानवीय व्यवहार लगायतका बारेमा गम्भीर भएको जनाएको छ ।

गत कात्र्तिक २८ गते गरेको संघर्ष अन्तर्गत नेपाल बन्दको क्रममा बन्दसमेत नगरी बन्दकर्तामाथी अनावश्यक अमानवीय व्यवहार गरेको भन्दै पार्टी जिल्ला सक्रेटरी पदम केसी(जुझारु)द्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘ने.क.पा. (माओवादी) को पुर्व घोषित संघर्षको कार्यक्रम अन्र्तगत खाध्यान्न र मानव जीवन धान्ने साथै जीविकोपार्जन गर्ने अत्यावश्यक वस्तुहरुमा भएको महंगी, भष्टाचार, कालोवजारी लगायतका विषयहरुको विरुद्ध २०७३ कात्तिक २८ गते नेपाल वन्दको क्रममा बन्दकर्ताहरु माथी गरीएको अमानविय व्यवहार साथै उद्योग भित्र कार्यरत मजदुरहरुलाई राजनैतिक आस्थाको आधारमा गरिने विभेद लगायतका विषयहरु प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तीमा चौधरी उद्योग नेश्नल पार्कका प्रमुख राम भक्त के.सी., प्रशासकिय नायव प्रवन्धक सरोज शर्मा वेडारी र फुड्स जनरल मेनेजर खड्क पौडेलवाट मजदुहरुप्रति निकै अमानवीय व्यवहार गर्ने गरेको र मजदुरहरुलाई बन्दीजस्तो व्यवहार गर्ने गरेको समेत आरोप लगाएको छ । विज्ञप्तीमा यस्ता क्रियाकलापप्रती गम्भीर नभए यसको परिणाम ठिक नआउने चेतावनीसमेत माओवादीले दिएको छ ।

चौधरी उद्योग ग्रामले गत कात्र्तिक २८ गते नेकपा (माओवादी)ले गरेको नेपाल बन्दमा उद्योग बन्द नगर्ने भनेपनि गत मंसिर ५ गते नेपाली कांग्रेस निकट भातृ संगठनले गरेको बन्दमा भने उद्योग बन्द गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ