नेपाली फुटवल टोलीको अर्को सफलता , जापानी टिम पराजित

नेपाली फुटवल टोलीको अर्को सफलता , जापानी टिम पराजित

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ मंसिर ४ । नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १–० गोल अन्तरले जितेको छ ।

नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालका लागि नवयुग श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

खेलको ५७ औँ मिनेटमा बिमल घर्तीले गरेको प्रहार जापानी गोल रक्षकले फर्काएको रिबाउन्डेड बललाई नवयुगले जाली चुमाएका थिए । खेलमा नेपालका बिक्रम लामा म्यान अफ द म्याच भए ।

केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीलाई निराश पारेका थिए ।

जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी