प्रधानमन्त्री मैत्रीपूर्ण खेल खेल्न ईच्छुक

प्रधानमन्त्री मैत्रीपूर्ण खेल खेल्न ईच्छुक

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

मंसीर ४, काठमाडौं ।

अन्तर्राष्ट्रिय टेवुल टेनिस फेडेरेसनका विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी टेवुल टेनिस खेललाई थप महत्व दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खानले नेपालमा टेवुल टेनिस खेलको राम्रो सम्भावना रहेको भन्दै त्यसका लागि सरकारको तर्फबाट थप महत्व दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्रीले आफूले हरेक बिहान टेवुल टेनिस खेल्ने गरेको जानकारी गराउँदै टेवुल टेनिस खेल शारीरिक र मानसिक स्फूर्तिका लागि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘म पनि प्रत्येक बिहान टेवुल टेनिस खेल्छु, यसको बारेमा तपाईहरुलाई जानकारी गराउन पाउँदा मलाई पनि खुसी लागेको छ । टेवुल टेनिस र समग्र खेल क्षेत्रको विकासका लागि मेरो नेतृत्वको सरकार गम्भीरतापूर्वक लागिरहेको छ ।’
भेटमा प्रधानमन्त्रीका टेवुल टेनिस प्रशिक्षक सुदिल शाहीले टेवुल टेनिसका विज्ञ खानसँग मैत्रीपूर्ण खेलको अवसर प्रदान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले समय मिलाएर मैत्रीपूर्ण खेल खेल्न आफू पनि ईच्छुक रहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी