नेपालले भोली जापानी फ्रेन्डस फुटवल टोलीसगँ च्यारीटी म्याच खेल्दै

नेपालले भोली जापानी फ्रेन्डस फुटवल टोलीसगँ च्यारीटी म्याच खेल्दै

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

मंसीर ३ काठमाण्डौं । नेपाल र चीनबीच द्धौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा भोली नेपाली फुटवल टोली र जापानको राष्ट्रिय टोलीका सदस्यहरु समेत सम्मिलत फ्रेन्डस फुटवल टोलीबीच च्यारीटी खेल हुदै छ । खेल दिँउसो १ बजे एन्फा कम्प्लेक्समा हुने छ ।
प्रिम्याच कन्फेरेन्समा नेपालका जापानी प्रशिक्ष ग्योतोकु कोजीले भोली नेपालले रोमाञ्चक म्याच खेल्ने बताए । उनले आफ्नै देश जापानका दुई खेलाडी धेरै राम्रो रहेको र अरु युवा खेलाडीबारे भने जानकारी नभएको बताए । जापानको टिममा पहिला विस्वकप खेलीसकेका र अहिले विदेशमा खेल्ने खेलाडीहरुको टोली रहेको छ ।
यसै गरी नेपालका कप्तान अनील गुरुगंले भोलीको खेल मैत्रीपूर्ण भए पनि आफूहरुले जीतका लागि खेल्ने बताएका छन् ।
आफूहरुले मलेशियामा नोभमेम्बर १५ मा एएफसी सोलीडारीटी कपको ट्रफी समेत जीतेर जनतालाई खुसी पारेको भन्दै जीतको निरन्तरता आफुहरुको लक्ष्य रहेको कप्तान गुरुगंले बताए । जापनी टिमका कप्तान टोडाले भोली आफूहरुले नेपालीलाई खुसी बनाउने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी