वैवाहिक जीवनमा सुहागरातको महत्व

वैवाहिक जीवनमा सुहागरातको महत्व

  • शुक्रबार, मंसिर ३, २०७३
  • गोपाल ढकाल ,मनोविद

  • 15.1K
    SHARES

विवाहपछिको पहिलो रात सुहागरातको वैवाहिक जीवनमा ठूलो महत्त्व हुन्छ । दुई भिन्न भिन्न् परिवेश घर परिवार (कूल), गाउँ, ठाउँ, संस्कार संस्कृतिबाट आएका नव विवाहित जोडीलाई पहिलो पटक सँगै रात बिताउँदा स्वभाविक रुपमा केही असजिलो, अप्ठ्यारो, डर, संकोच पक्कै हुने गर्छ । साथै दुई विपरीत लिंगका जवान जोडीको लागि यो पहिलो अनुभूति हुने हुँदा, सुहागरात उत्सुकता र कौतुहलताले भरिएको पनि हुन्छ । पहिलो प्रभाव अन्तिम प्रभाव हो ९ँष्चकत ष्mउचभककष्यल ष्क बिकत ष्mउचभककष्यल० भने झैँ सुहागरातको दिन उनीहरुमा पर्ने मानसिक छाप विवाह र यौन प्रतिको धारणाले उनीहरुको वैवाहिक जीवनको भावी रेखा कोर्ने गर्छ । यही रात उनीहरु जीवनभरिका लागि एक हुने वाचा गर्दछन् । यही विन्दुबाट वैवाहिक जीवनको सुरुवात हुने गर्दछ । त्यसैले सुहागरात सुखद र स्मरणीय हुनु अति आवश्यक हुन्छ ।

     हिन्दु धर्म संस्कारमा पनि सुहागरातलाई विशेष महत्त्वका साथ लिइन्छ । सुहागरात यौन व्यवहार (सेक्स) सँग जोडिएको विषय हो । मानव जीवनमा यौन सम्बन्धको अत्यन्तै ठूलो महत्त्व हुन्छ । अझ सफल वैवाहिक जीवनका लागि श्रीमान श्रीमती बीच सुमधुर यौन सम्बन्ध हुनु अत्यन्तै आवश्यक मानिन्छ । प्रकृति सम्वत रुपमा सेक्स सन्तान उत्पादन र वंश निरन्तरताको लागि हो । तर यौन व्यवहारबाट बढ्ने आत्मियता, प्राप्त हुने चरम आनन्द, र सन्तुष्टिको कारण यो यतिमा मात्र सिमित रहेन ।

मनोबैज्ञानिकहरु त यसलाई भोक प्यास झँ अति आधारभूत आवश्यक वस्तुका रुपमा लिने गर्दछन् । यो फगत शारीरिक (भौतिक) सम्बन्ध मात्र नभएर मानसिक र आत्मीय सम्बन्ध पनि भएकोले, सेक्स अत्यन्तै संवेदनशील र मानव जीवनमा गहिरो प्रभाव पार्ने खालको हुन्छ । मनोवैज्ञानिक फ्रायड त यौनलाई नै जीवन मान्छन् । उनका अनुसार मानिसको क्रियाकलाप, व्यक्तित्व, कला, संस्कृति, नैतिकता आदि धेरै हदसम्म यौनबाट नै निर्देशित हुने गर्दछन् । सुहागरातको दिन नव विवाहित जोडीले देखाउने सफल यौन व्यवहार, उनीहरुबीच हुने शारीरिक सम्पर्क र यसबाट प्राप्त चरम आनन्द र सन्तुष्टिले उनीहरुलाई एक अर्का बीच नजिक र आत्मीय बनाउने, माया प्रेम र घनिष्टता बढाउने कडीको काम गरी रहेको हुन्छ ।

सुहागरात सँगै उनीहरु आफ्नो भावी दिनको योजना बनाउने तथा भावनात्मक रुपमा आफू एक अर्काको भएको महसुश गर्ने हुँदा यस रातको मानव जीवनमा ठूलो महत्व हुन्छ । सुहागरातको गलत यौन व्यवहारले वैवाहिक जीवनमा दिर्घकालीन प्रभाव पार्न सक्ने हुँदा, नव विवाहित जोडीलाई यौन शिक्षा र यौन कलाको ज्ञान हुनु आवश्यक हुन्छ । गलत, अप्राकृतिक र अत्यन्तै कष्टकर शारीरिक सम्पर्क र एक अर्काको चाहना विपरित गरिने यौन व्यवहार अनि नवविवाहित जोडीमा यौन प्रति नकरात्मक धारणा बन्न सक्छ । यसले गर्दा पछि सम्म आफूलाई यौनको मामलामा कमजोर ठान्ने, आफ्नो श्रीमान वा श्रीमतीलाई कामुक वा स्वार्थी देख्ने, सहवासको इच्छा नै हराएर जाने, यौन सम्बन्ध राख्न डर लाग्ने, वा यौन चाहना पूरा गर्न परस्त्री वा परपुरुष तर्फ आकर्षित हुने जस्ता व्यवहारहरु देखिन सक्छन् ।

यस्तो भएमा पूरै वैवाहिक जीवन नै तहस नहस हुन सक्छ । निरस यौन सम्बन्धले वैवाहिक जीवनमा फाटो आएको उदाहरण प्रशस्त देख्न सकिन्छ । सुहागरातको दिन एक अर्कामा विश्वास, भरोसा र समर्पणको भाव पनि हुनुपर्छ । एकले अर्कालाई शंकाको दृष्टिले हेर्ने, उसको कुमार वा कुमारीत्वको परीक्षण गर्न खोज्ने जस्ता क्रियाकलापले सुहागरातको सुखद अनुभूति दिन सक्दैन । सुहागरातको संभोगले वैवाहिक जीवनमा उत्साह र उमंग थप्ने भएता पनि सुहागरातको दिन सँधै सहवास गर्नै पर्छ भन्ने छैन । अत्याधिक थकानको महशुस भएमा, विरामी परेमा, एक अर्कालाई इच्छा नभएमा यौन सम्बन्ध नराख्नु नै राम्रो हुन्छ । सुहागरातलाई सुखद र स्मरणीय बनाउने कुरामा विवाह पूर्वको यौन जीवनले पनि प्रभाव पार्छ ।

मनोवैज्ञानिहरुले यौन चाहनालाई दबाएर राख्न नहुने भनेता पनि विवाह अगाडि विलासिता र मोजमस्तीको रुपमा जथाभावी राखिएको यौन सम्बन्धले विभिन्न विकृतिहरु निम्त्याउँछ । यौन अनुशासन नहुँदा, यौनको विषयलाई मान सम्मान र आदरका साथ नलिँदा देखा पर्ने यौन विकृतिले हत्या, आत्महत्या, पारिवारिक कलह, झै–झगडा जस्ता मनोसामाजिक समस्याहरु समेत बढाई रहेको हुन्छ । यसले विवाहपछिको वैवाहिक जीवनलाई समेत प्रत्यक्ष असर पु¥याउने गर्छ । यौन विकृतिले जीवनमा पार्ने गम्भिर असरलाई ध्यानमा राखेर नै हुन सक्छ हिन्दु धर्ममा यौनलाई सम्मान र आदरका साथ पवित्र वस्तुका रुपमा हेरिन्छ । विवाह अगाडिको शारीरिक सम्पर्क, परस्त्री गमन, वेश्या वृत्ति आदिलाई पापका रुपमा लिइन्छ । यौन दुरुपयोगको सम्भावना अत्याधिक भएकोले पनि यसो गरिएको हुन सक्छ ।

विवाह अगाडिको पटक पटकको यौन सम्पर्क, वेश्यावृत्ति, परस्त्री गमन, बलात्कार, यौन जन्य संक्रमण आदिको कारण सुहागरात निरस बन्न पुग्ने मान्यताका कारण पनि हिन्दु धर्ममा यस्तो व्यवस्था गरिएको हुनसक्छ । पहिलो पटकको शारीरिक सम्पर्क त्यसपछिका सम्पर्कभन्दा बढि आनन्ददायी र स्मरणीय हुने तथ्यको आधारमा पनि सुहागरातको महत्त्व प्रस्ट हुन्छ । विवाहपूर्व गरिने यौन सम्पर्कले सुहागरातको महत्त्व त घटाउँछ नै यस्तो अवस्थामा विवाह अगाडिको आफ्नो यौन व्यवहार नवविवाहित जोडीले थाहा पाउँला कि भन्ने डर, त्रासले मानसिक तनाव थप्ने सम्भावना पनि उत्तिकै हुन्छ । यसले हिनता र नैराश्यताको अवस्था समेत श्रृजना हुनसक्छ ।

शारीरिक रुपमा जति सशक्त र अनुभवि भए पनि मानसिक रुपाम शिथिल र निराश भएको बेला यौन सम्बन्ध सुखद हुन सक्दैन । यही मनोवैज्ञानिक कारणले गर्दा हुन सक्छ, हिन्दू धर्ममा विवाह अगाडि शारीरिक सम्पर्क राख्न नुहने कुमार वा कुमारीत्व आफ्नो भावी जीवन साथीको नासोको रपमा साचेर राख्नु पर्ने व्यवस्था गरिएको छ ।

शारीरिक सम्पर्कको लागि शारीरिक, मानसिक दुवै रुपमा परिपक्व हुनु आवश्यक हुने हुँदा, विवाह पूर्व शारीरिक सम्पर्क राख्नु हुँदैन भन्ने धार्मिक मान्यतालाई नजर अन्दाज लाउनु उचित हुँदैन । निष्कर्षमा सुहागरात वैवाहिक जीवनमा रंग, उमंग र उत्साह भर्ने समय हो । यो वैवाहिक जीवनको संवेदनशील समय भएकोले यस दिन गरिने सबै व्यवहार सुखद छाप छोड्ने खालको हुनुपर्छ । सुहागरातको सफलता, असफलता विवाह पूर्वको यौन जीवन, यौन शिक्षा, यौन कलाको ज्ञान, नवविवाहित जोडीको एक अर्काको विश्वास, भरोसा, समर्पण आदिमा भर पर्दछ । तसर्थ सजग हुनुहोस है ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी