काठमाडौ ,३ मंसिर ।
विश्वकप फुटबल छनोट खेलका क्रममा आचार संहिता विपरित काम गरेको अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले इङ्ल्यान्ड र स्कटल्याण्डमाथि छानबिन सुरु गरेको छ ।
गत नोभेम्बर १२ मा इङ्ल्यान्डको वेम्बलेमा भएको खेलमा दुबै टोलीका खेलाडीले पपी अर्थात अफिमको पात अंकित आर्मब्याण्ड लगाएका थिए ।
फिफाले यस्ता प्रकारका कुनै पनि लोगो अंकित पहिरन लगाउन रोक लगाएको छ । इङ्ल्यान्ड र स्कटल्याण्डका खेलाडीले खेलका क्रममा हातमा बाँधेको पट्टीमा पपीको चित्र अंकित थियो ।
फिफाको आचारसंहितामा कुनै पनि राजनीतिक, धार्मिक वा ब्यक्तिगत नारा, विचार वा चित्र लगाउन बन्देज लगाइएको छ ।
उक्त पपीलाई इङ्ल्यान्डमा युद्धमा मारिएकाहरुको सम्झनाको प्रतिक मानिन्छ । फिफाले युद्धसँग सम्बन्धीत जुनसुकै चित्र, लोगो वा नारालाई राजनीतिक रुपमा अथ्र्याउँदै आएको छ ।
फिफाले सुरु गरेको अनुसाशनको छानविनमा दोषी ठहरिएमा इङ्ल्यान्ड र स्कटल्याण्डमाथि कारवाही हुनेछ । फिफाले यी दुई टोलीलाई विश्वकप छनोट समुहमा अंक घटाउने सम्मको कारवाही गर्न सक्ने जनाएको छ ।