बैतडीमा टि ट्वेन्टी नकआउट क्रिकेट प्रतियोगिता हुने

बैतडीमा टि ट्वेन्टी नकआउट क्रिकेट प्रतियोगिता हुने

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

बैतडि ,मंसिर २।

बैतडीमा मंसिर ११ गतेबाट बीपी स्मृति टि ट्वेन्टी नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैतडी जिल्ला क्रिकेट संघ र लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा हुन लागेको हो ।

यसअघि मङ्सिर ४ गतेबाट हुने भनिएको प्रतियोगिता विविध कारणले मङ्सिर ११ गतेका लागि सारिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने टिमले मङ्सिर ५ गतेभित्र टिम दर्ता गराईसक्नुपर्नेछ । ३२ टिम सहभागी रहने प्रगियोगितामा प्रथम पुरस्कार एक लाख रुपैयाँ तथा द्वितीयलाई ५० हजार रुपैयाँ राखिएको जिल्ला क्रिकेट संघका अध्यक्ष बोहराले बताउनुभयो ।

प्रतियोगिता निङ्गलाशैनी क्रिकेट मैदान देहिमाण्डौमा र रातामाटामा रहेको बुढाबाजे क्रिकेट मैदानमा हुने जनाइएको छ ।

प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै खेलाडीलाई क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताका लागी छनौट गर्न सजिलो हुने आयोजकले आशा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी