मलाई नेपालले खेल जीत्दा निकै गर्व अनुभूति हुन्छ : प्रधानमन्त्री

मलाई नेपालले खेल जीत्दा निकै गर्व अनुभूति हुन्छ : प्रधानमन्त्री

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहालले मलेशियामा एएफसी सोलीडारीटी कप जीतेको नेपाली राष्ट्रिय फुटवल टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । सरकारी निवास वालुवाटारमा आज दिउसो एक कार्यक्रमका बीच उहाले खेलाडीहरुलाई बधाई ज्ञापन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै उहाले अहिलेको दशरथ रंगशाला सानो भएका कारण यसलाई फराकीलो र ठूलो पार्ने उद्घोष गर्नु भयो । ’विनाशकारी भुकम्पले भत्किाए रंगशालाको पुननिर्माणको आह्वान भइसकेको भन्दै उहाले छिट्टै सम्पन्न हुने पनि विश्वास पनि दिलाउनु भयो ।

प्रधानमन्त्रीले यसअघि नै घोषणा भएअनुसार सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिइने भनाई दोहोर्याउनु भयो । आफू पनि फूटबलप्रेमी भन्दै नेपालले फुटबल प्रतियोगिता जित्दा गर्व र गौरव लाग्ने गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रिले समग्र खेल क्षेत्र विकासका लागि सरकारको तर्फबाट काम अगाडि बढाइएको बताउनुभयो । ‘सोलिडारिटी कप जित्दा मलाई उत्साह थपेको छ’ प्रधानमन्त्री दाहालले भन्नुभयोे, ‘अब खेल क्षेत्रमा केही नयाँ पहल थाल्नेछु । खेलाडीका लागि सकारात्मक वातावरण हुने विश्वास दिलाउँछु ।

विगतमा म्याच फिक्सिङ, भ्रष्टाचारजस्ता तिता यथार्थ नेपाली खेल जगतले भोगेको स्मरण गराउँदै प्रधानमन्त्रीले अखिल नेपाल फुटबल संघ (एन्फा)ले अहिले सकारात्मक वातावरण बनाएको भन्दै एन्फा पदाधिकारी र कर्मचारीहरुलाई समेत धन्यवाद दिनुभयो । सोलिडारिटी कपमा मंगलबार मकाउलाई १–०ले पराजित गर्दै नेपाली खेलाडीहरु बुधबार स्वदेश आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी