मंसिर ४ देखी सुनसरीको धरानमा बास्केटवल प्रतियोगीता हुने 

मंसिर ४ देखी सुनसरीको धरानमा बास्केटवल प्रतियोगीता हुने 

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भरतराज शर्मा(गोपाल)   । स्वास्थ्यका लागी खेलकुद शिक्षाका लागी खेलकुद भन्ने मुल नाराका साथ आउदो मंसिर ४ गतेदेखी ११ गते सम्म सुनसरीको धरानमा तेश्रो खुल्ला आमन्त्रण हराईजन कप बास्केटवल प्रतियोगीता २०७३ हुने भएको छ ।
आज बिहिबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरि सो खेल हुन लागेको हराईजन क्लब धरानका अध्यक्ष बालकृषण सुनुवारले जानकारी दिनुभएको हो ।

सम्मेलनमा सुनुवारले हरेक बर्ष झै यस बर्षपनि स्वास्थ्य र शिक्षाकालागी बास्केटवल खेलकुदको आयोजना गरिएको जानकारी दिनुभएको छ ।

सुनुवारका अनुसार बास्केटवल आफैमा पनि प्राबिधिक खेल भएकाले यस प्रकारका खेलको आयोजनाले खेलाडीहरुमा थप उत्साह मिल्नुका साथै खेलाडी उत्पादनमा सहयोग मिल्नेछ ।

खेल मंसिर ४ गतेबाट सुरुभई मंसिर ११गते सम्म चल्ने छ भने खेलमा हराईजन क्लब धरान,१७, बिपीकेआईएच ठक्टर्स टीम, बिपीकेआईएच स्टुडेन्ट टीम, स्टेयाग्स क्लब ए ,स्टेयाग्स क्लब बी,झापा बास्केटवलबल क्लब,इर्मोटल क्लब धरान १५,कार्मैल हाई स्कुल,डिपोटियन स्पोर्टस टीम, तरहरा बास्केटबल टीम,मोरङ बास्केटवल संघ बिराटनगर,यलम्बर क्लब धरान ८ र स्वर्णिम क्लब धरान १० को सहभागीता रहनेछ ।

ईजि राईडर्स गोल्ड सप मुख्य प्रायोजक रहेको खेलमा बिजेताले ३० हजार नगद टर्फी तथा मेडल हात पार्नैछ भने उपबिजेताले १५ हजार टर्फी ,मेडल हात पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी