कपन बानेश्वर साप्ताहिकले यहि पुस ९ गतेदेखि १५ गते सम्म काव्य सप्ताह २०७३ आयोजना गर्दै

कपन बानेश्वर साप्ताहिकले यहि पुस ९ गतेदेखि १५ गते सम्म काव्य सप्ताह २०७३ आयोजना गर्दै

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिकले यहि पुस ९ गतेदेखि १५ गते सम्म साहित्य सदन रामहिटीमा काव्य सप्ताह २०७३ आयोजना गर्दै छ । काव्य सप्ताहको तयारीको लागि कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिका लाई आयोजक तोकिएको छ । जसको संयोजकमा अभिनव साहित्यका अध्यक्ष वेदमणि घिमिरे छन् ।

जसको उप संयोजक उपन्यासकार सङ्कर भारती,सचिव निबन्ध आचार्य, कोषाध्यक्ष शुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल र सदस्यहरूमा अमिर थापा, शैलेन्दु प्रकाश नेपाल, विजय चालिसे, सागरराज सुवेदी, माधबलाल श्रेष्ठ, त्रिलोचन आचार्य, ओमकार प्रकाश नेपाल सदस्य रहेका छन् ।

अन्य सदस्यहरुका लागि साहित्यिक संस्थाहरू र साहित्यिक पत्रकारहरुलाई अनुरोधगरिएको छ । करिब दुइ करोडको लगानीमा वरिष्ठ साहित्यकार पूर्ण प्रकाश नेपाल यात्रीको ऐतिहासिक भवनलाई साहित्यिक सङ्ग्रहालय बनाउने उद्देश्यले सोको सहयोग जुटाउन काव्य सप्ताह आयोजना गर्न लागिएको हो ।

काव्य सप्ताहको एकल कविता वाचनको लागि भुवनहरि सिग्देल,वेदमणि घिमिरे,बाजुराम पौडेल,विजय चालिसे,प्रकाशमणि दाहाल,डा.रामप्रसाद ज्ञवाली,त्रिलोचन आचार्य ,ओम प्रसाद कोइराला,दिव्य गिरि,अशोक कुँवर नेत्र,विजय विश्वास लगायत ५० जना स्रष्टाको एकल काव्य वाचन र ५० भन्दा बढी अतिथि स्रष्टाहरुको रचना वाचन रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी