नेपाली कलाकारको एक टोली युरोपमा ब्यस्त

नेपाली कलाकारको एक टोली युरोपमा ब्यस्त

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, १ मंसिर । गैरआवासीय नेपाली संघ वेल्जीयमको निम्तोमा नेपाली कलाकारको एक टोली च्यारिटी सोको लागि वेल्जीयम पुगेको छ । च्यारिटी सो तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन् युरोप जाने कलाकारहरुमा प्रथम नेपाली तारा दिपक लिम्वु, अहिलेको चर्चित नायिका तथा मोडल झरना रिसाल । आधुनिक गायिका सहिमा श्रेष्ठ र नृत्यङ्गना एन्जल श्रेष्ठलगायत रहेका छन् ।
नेपाली कलाकारहरुले नोभेम्वर १० देखि २८ सम्म युरोपका बेल्जियम, जर्मन र नेदरल्याण्ड लगायतका देशहरुमा नेपाली गित संगीतको माध्यमबाट नेपाली स्रोता तथा दर्शकहरु माझ विभिन्न सांगितीक प्रसुतीहरु प्रस्तुत गर्नेछन् ।

jharna-1

सहभागी कलाकार दिपक लिम्वुका अनुसार नेपाली दर्शकको मन जित्न सकेसम्म नेपाली कलाकारहरुले प्रयास गर्नेछन् । अर्का सहभागी कलाकार झरना रिसालका अनुसार कलाकार टोली २ हप्ता भन्दा बढि समय युरोपमा रहनेछ ।

jharna-2

jharna4

jharna-3

तस्विर : भरना रिसालको म्यासेन्जर फेसबुकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी