तामाङ समाज कतारले ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम गर्दै

तामाङ समाज कतारले ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम गर्दै

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ १ मंसिर । 

तामाङ समुदायको साँस्कृतिक पर्व सोनम ल्होछारको अवसरमा तामाङ समाज कतारले विषेश कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष झै यस वर्ष पनि २८५३ औं ज्या ल्होको अवसरमा समाजको पहलमा वृहत साँस्कृतिक एवम् ल्होछार विषेश कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा नेपालका वरिष्ठ गायक गायिका तथा कलाकारहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जनाएको छ । आगामी जनवरी २७ तरीखमा कतारको अल दना रिसोर्ट उम सलाल रिसोर्टमा हुने कार्यक्रमका लागि तयारी सुरु गरिएको कार्यक्रम संयोजक एवम् समाजका वरिष्ठ उपाध्यक्ष तिर्थ थिङ तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालबाट वरिष्ठा शैलुङ्गे जुहारी तथा सेलो गायक प्रेम लोप्चन, वरिष्ठा गायिका तथा नेपाल तामाङ कलाकार संघका बर्तमन केन्द्रिय अध्यक्ष इन्दिरा गोले, चलचित्र निर्माता एवम् नायिका सुकुमाया मोक्तान, म्हेन्दोमाया गायक रोशन फ्युबा, गायक तथा सङ्गीतकार टिका बोम्जना तामाङ, म्हेन्दो माया गायिका शान्ती माम्ब तामाङ लगायत सहभागी हुनेछन् ।

साथै स्थानीय गायक उत्तर लामा तामाङ, सुन्दर मोक्तान तामाङ, कुमार ओख्रेलि, भिम तामाङ, दिनेश तामाङ, पासाङ मोक्तान तामाङ, म्हेन्दोमाया गायक शिशिर तामाङ लगायत अन्यका कलाकारको पनि कार्यक्रममा प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि टिकट बुकिङ खुलिसकेकाले समयमै सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ । वैदेशिक रोजगारीका शिलशिलामा कतार पुगेका तामाङहरुको साझा संगठन नेपाल प्रवासी तामाङ समाज कतारले हरेक वर्ष ल्होछारको अवसरमा विषेश साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी