नेपाली टोलीले मलेशियामै बुन्न शुरु गर्यो साफ च्याम्पियनसिपको सपना !

नेपाली टोलीले मलेशियामै बुन्न शुरु गर्यो साफ च्याम्पियनसिपको सपना !

राष्ट्रिय फुटवल टोली आज साझ नेपाल फर्कदै

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौं कार्तिक मंसीर १ । एएफसीमा आवद्ध भएको ६२ वर्षको ईतिहासमा नेपालले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगीतामा जीत हात पारेर ट्रफी भित्र्याएको यो पहिलो पटक हो ।
मलेशियामा कार्तिक ३० मा सम्पन्न एएफसी सोलीडारीटी कपमा मकाउलाई एक शुन्यले हराउदै जीत हात पारे पछि नेपाली टोली ट्रफी सहित आज राति साढे ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने छ ।

विमानस्थलमा टोलीलाई भव्य स्वागत गर्ने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ ।  खेलकुद मन्त्री दलजीत श्रीपालीले राष्ट्रिय टोलीका सबै खेलाडीलाई जनही ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ ।  यसैबीच टोलीका खेलाडीहरुले अब साफ् च्याम्पियन सिप २०१७ जीत्ने सपना बुन्न थालेका छन् ।
सोलीडारीटी कपको म्याच पछि स्टार स्ट्राईकर नवयुग श्रेष्ठले नेपालको अर्को लक्ष्य अब साफ् च्याम्पियनसिप रहेको बताए ।
नेपालका प्रशिक्षक कोजीले समेत टिममा रहेको केही कमजोरीलाई अब फेरी प्रशिक्षण शुरु गरेर सुधार गर्ने बताए । सुजल श्रेष्ठले भरत खबासले दिएको क्रस पासमा असाधारण गोल गर्दै टिमलाई जीताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी