मकाउलाई १–० ले हराउदै नेपालले जीत्यो पहिलो पटक एएफसी सोलीडारीटी कपको उपाधी

मकाउलाई १–० ले हराउदै नेपालले जीत्यो पहिलो पटक एएफसी सोलीडारीटी कपको उपाधी

एएफसीद्धारा आयोजित प्रतियोगीतामा ६२ वर्षकै ठूलो उपाधी घर भित्रियो

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ कात्तिक ३० । मलेसियामा आज सम्पन्न एएफसी सोलिडारीटि कपको उपाधि जीत्दै नेपालले फुटवलमा नया ईतिहास रचेको छ । ६२ वर्षको फुटबल ईतिहासमा यो नेपालको पहिलो ठूलो सफलता हो । नेपालले मकाउलाई दवदवापूर्ण खेलमा १–० को जीत निकाल्यो । कुचिङस्थित सारावाक स्टेडियममा भएको खेलमा नेपालका लागि ३० औं मिनेटमा भरत खबासको क्रसमा सुजलले जाली चुमाएका थिए ।
खेलमा नेपालले पाएका थुप्रै अवसरमा गोल गर्न सकेन । अन्जन विष्टको उत्कृष्ट प्रहार मकाउका गोल किपरले बचाएका थिए । बिमल घर्ती भरत खवास र नवयुग श्रेष्ठले पाएका अवसरमा गोल गर्न चुकेका थिए । नेपाल प्रतियोगीताभर अपराजीत समेत रह्यो । मैदान हिलाम्मे रहेका कारण खेलाडीले खुलेर खेल्न पाएका थिएनन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुको कोजीले नेपालको जीतमा खुसी व्यक्त गर्दै अझ धेरै गर्न बाकी रहेको बताउनु भयो ।
कोजीले नेपाली टिम सम्हाले पछि पहिलो प्रतियोगीतामै उपाधी हात लागे पछि उनी भाग्यमानी प्रशिक्षक समेत साबित भएका छन् । मकाउका प्रशिक्षक आओ सानले समेत नेपाली टोलीलाई बधाई दिए । उनले शुरु देखि नै युवा खेलाडीलाई मैदानमा छिराएका थिए । कप्तान अनील गुरुङलाई फाईनल म्याचको ईन्जुरी समयमा मात्र प्रवेश दिईएको थियो । उनको यो ४८ औं अन्तराष्ट्रिय क्याप हो । उपाधी बोकेर नेपाली टोली भोली स्वदेश फर्कने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी