सरकार परिवर्तनको चलखेल सुरु : बिजुक्छें

सरकार परिवर्तनको चलखेल सुरु : बिजुक्छें

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अब छिट्टै सरकार परिवर्तन हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले भारतकै इशारामा संबिधान संशोधनका लागि वर्तमान नेतृत्वको सरकार निर्माण भएको भन्दै अब नयाँ सत्ता समिकरणमा काँग्रेस लागेको र काँग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा बामदेमलाई अघि सार्दे सरकार निर्माण हुने बताउनु भयो ।
संबिधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालको रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने अवस्था देखा परेपछि लोकमान प्रकरण बाहिर आएको उहाँले बताउनुभयो । उहाँले जसको गल्ती छ त्यसलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नु आवश्यक रहेको समेत बताउनुभयो ।
हरेक प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकले नागरिकता पाउने परम्परा रहेको र यसबाट प्रचण्ड समेत अछुतो रहन नसकेका भन्दै संबिधान संशोधन गरि अंगिकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पने योजना बिफल हुने र संबिधान संशोधन तत्काल हुन नसक्ने उहाँको भनाई छ ।
उहाँले मधेश आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेशका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन नगर्ने पक्षमा रहेको बताउनु भयो ।
वर्तमान सरकारको सय दिनलाई नियाल्दा परिणाममुखि कुनै पनि काम नभएको र सरकारको काम कारवाही नियाल्दा सरकार केवल पंगु सावित भएको उहाँले बताउनु भयो ।
बिजुक्छेंले स्थानिय निकायको निर्वाचन पुनःसंरचना अनुसार तत्काल गर्न नसकिने भएकाले निवार्चन नगर्ने पक्षमा रहेकाले पुरानै संरचना तत्काल निर्वाचन गरि अन्य प्रक्रियालाई अघि बढाउन सकिने बताउनु भयो । उहाँले स्थानिय निकायको निर्वाचन नगराउने चलखेल समेत सुरु भएको बताउनु भयो ।
भारतले अघोषितरुपमा जसरी प्रत्यक्ष नाकाबन्दी गर्यो सबैका अघि स्पष्ट रहेको भन्दै वर्तमान समयमा लोडसेडिङ नगर्न बिद्युत प्राधिकरण लागेको अवस्थामा त्यसको बिरोध गर्ने राजनीतिक दलका प्रतिनिधि र कर्मचारी भारत र नेपालको डबल तलब खानेहरु रहेको उहाँले बताउनु भयो । उहाँले उनीहरु लोडसेडिङ अन्त्य गर्न लागेको प्राधिकरणमा बिभिन्न बहाना गरि भारतको गुण तिर्न लागेको र उर्जालाई कब्जा गरि अदृश्य उर्जामा नाकाबन्दी गरेको समेत आरोप लगाउनु भयो ।
नेपालको कुटनीतिक पक्ष इतिहासमै कम्जोर रहेको भन्दै बिजुक्छेंले भारतका लागि राजदुत नियुक्ति गरिएका ब्यक्ति गलत रहेको र केही दिन अघि आएको अभिब्यक्ति कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ