नेपाली पौडी टोली आज टोकियो प्रस्थान गर्दै

नेपाली पौडी टोली आज टोकियो प्रस्थान गर्दै

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ कात्तिक ३०।
१० औं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज जापानको टोकियो प्रस्थान गर्दै छ । तीन महिला खेलाडी सहित ६ सदस्यीय नेपाली टोली नेपाल पौडी संघका उपाध्यक्ष महेश महर्जनको नेतृत्वमा आज  त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।

सो प्रतियोगिता आगामी १७ देखि २२ नोभेम्बरसम्म हुने छ । प्रतियोगितामा टिसा शाक्यले ५० मिटर बटरफ्लाई तथा ५० र  सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने्छिन् ।

यस्तै अक्सरा सिंहले ५० र सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने छिन भने आयुष्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टायलमा भाग लिनेछिन् ।

टिसाबाहेक बाँकी दुई खेलाडी सिंह र  तुलाधरको यो ‘डेब्यु’ अन्तर्रा्ष्ट्रिय प्रतियोगिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी