क्रिकेट विवाद मिलाउन आईसीसीको टोली फेरी नेपाल आयो

क्रिकेट विवाद मिलाउन आईसीसीको टोली फेरी नेपाल आयो

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं,कार्तिक २९ ।

नेपाली क्रिकेटको विवाद समाधान गर्न सल्लाहकार समिति गठन गरेको दुई महिनापछि अमार शेखको नेतृत्वमा अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली पुन नेपाल आएको छ ।

आईसिसिले नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान र कार्यविधि बनाउने जिम्मेवारी सहित ६ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको थियो ।

आईसीसीका प्रतिनिधी सेख सहित ६ सदस्यीय कमिटीको बैठक भोली बिहान १० बजे काठमाडौंमा बस्ने तयारी भएको छ ।

नेपाली पक्षले सल्लाहकार कमिटीको कार्य्विधी स्पष्ट पार्दै तर्दथ समितिको मान्यता दिनुपर्ने प्रस्ताव आईसीसीका प्रतिनिधीसंगको भेटमा राख्ने तयारी गरेको छ ।

कमिटी सदस्य दिपक कोईरालाले सल्लाहकार कमिटीको संयोजक नेपाली प्रतिनिधीबाट चयन हुनुपर्ने र नेपाली क्रिकेट माथीको प्रतिबन्ध नहटेसम्म क्रिकेटको गतिविधि सञ्चालन गर्न पाउनु पर्ने माग आफुहरुले राख्ने तयारी गरेको बताएका छन् ।

आईसीसीको टोलीले निर्वा्चित चतुरबहादुर चन्द नेतृत्वको पक्षलाई बाहिर राख्दै गत असोजमा सरोकारवाला निकायलाई समावेश गरेर ६ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको थियो ।
कमिटीमा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पुर्व कप्तान पवन अग्रवाल, कार्यवहाक अध्यक्ष दीपक कोईराला र राखेपको प्रेस सल्लाहकार रोहित दाहालको नाम सिफारिस गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी