धरान, २९ कार्तिक ।
पूर्वाञ्चलको केन्द्र बिन्दु इटहरीमा क्रिकेट एकेडेमी संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद द्वारा संचालन हुने एकेडेमीमा २० बर्ष मुनिका तथा स्कुलका बिद्यार्थी रहने छन् ।
यही मंसिर चार गते बाट संचालन हुने प्रतियोगिताका प्रमुख प्रशिक्षक प्रदिपराज पाण्डे तथा स.प्रशिक्षक सिपी पौडेल रहने छन् ।
एकेडेमीमा प्रशिक्षण गर्ने उत्क्रिस्ठ खेलाडिको टिम छनोट गरी देश तथा बिदेसमा संचालित क्रिकेट प्रतियोगिताहरु तथा उमेर समुहका प्रतियोगितामा समाबेश गराउने कुरा सिपी पौडेलले हामी सँग बताउनु भयो ।
यस एकेडेमीमा खेलकुदका साथमा अन्य ज्ञान पनि प्रदान गरिने बताहिएको छ । एकेडेमीको मासिक सुल्क ३०० रुपया तोकिएको छ भने सम्पूर्ण खेल सामाग्री एकेडेमीले प्रदान गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline