विश्व कप २०१८ को छनौट अन्तर्गतको खेलमा पोर्चुगल  विजयी

विश्व कप २०१८ को छनौट अन्तर्गतको खेलमा पोर्चुगल  विजयी

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी कात्तिक २९ ।
विश्व कप २०१८ को छनौट अन्तर्गत गएराति भएको यूरोपेली समूहको खेलमा पोर्चुगल विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लात्भियालाई ४–१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । समूह ‘बी’ मा रहेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो अल्वेसले एक एक गोल गरे । लात्भियाका लागि अ्रटुर्स जिजन्सले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा लात्भियाका जिजन्सले बराबरी गोल फर्काए ।

त्यसको दुई मिनेटपछि कार्वाल्होले गोल गर्दै पोर्चुगललाई अग्रता लिाए । ८५ औं मिनेटमा रोनाल्डोले र इन्जुरी समयमा अल्वेसले गोल गरेपछि पोर्चुगल ४–१ ले विजयी भएको हो । पोर्चुगल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी