निर्वाचनको मिति घोषणा सहितका सबै अधिकार दिन आयोगको माग

निर्वाचनको मिति घोषणा सहितका सबै अधिकार दिन आयोगको माग

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,२८ कार्तिक ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको मिति घोषणादेखि कर्मचारी खटाउनेसम्मको अधिकार आयोगलाई दिन माग गर्नुभएको छ ।

संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा प्रमुख आयुक्त यादवले अघिल्ला निर्वाचनमा देखिएका कमजोरी सुधार्न निर्वाचनको मिति घोषणादेखिको सबै अधिका दिन माग गर्नुभएको हो ।

निर्वाचनलाई तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष बनाउन सबै राजनीतिक दलले आयोगको भूमिकालाई सहयोग गर्नुपर्ने यादवको जोड छ ।

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सरकारले धेरै छलफल गरेर प्रस्तुत गरेको निर्वाचनसँग सम्वन्धीत विधेयक औचित्यपुर्ण रहेकाले छिटो पारित गरेर निर्वाचनमा जानुपर्ने बताउनु भयो । उहाले संविधानमा व्यवस्था भएअनुसार तोकिएको समयमा तीनै तहको निर्वाचन हुने दाबी पनि गर्नुभयो ।

समिति सदस्यले पनि संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन २०७४ माघभित्र गरिसक्नुपर्ने भएकाले निर्वाचन, दल र मतदाता सम्बन्धी विधेयक छिटो पारित गर्न आग्रह गरेका थिए ।

समितिमा निर्वाचन आयोग, राजनीतिक दल र मतदाता नामावलीसम्बन्धी विधेयकमाथि आजदेखि छलफल सुरु भएको छ । संसदको बहुमतले यी तिनैवटा विधेयक छलफलका लागि समितिमा पठाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी