तरुण दलको पोखरामा जारी महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु

तरुण दलको पोखरामा जारी महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ २८ कार्तिक ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको पोखरामा जारी चौथो महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र सुरु हुदैछ । महाधिवेशनले अध्यक्ष सहित प्रादेशिक संरचना अनुसार ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

भक्तपुर र सप्तरीबाहेकका ७३ जिल्लाका १४ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । सकेसम्म सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने गरी तयारी भइरहेको दलका नेताहरुले बताएका छन् ।

महाधिवेशन अन्तरगत भोली नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका रहेको छ । आगामी नेतृत्वको लागी जन्मजय तिमिल्सेना, टेकराज पौडेल, पुर्ण गुरुङ, दामोदर कोईराला, लक्ष्मी खतिवडा, मेधिनी सिटौला लगायतको नाम चर्चामा छ ।

यसैबीच शीर्ष नेताहरुबीच तरुण दलको पदाधिकारी बाँडफाँडमा सहमति भएको दावी गरेको छ । सभापति शेरबहादुर देउवालाई अध्यक्ष, नेता रामचन्द्र पौडेललाई महामन्त्री र कृष्ण सिटौला पक्षलाई कोषाध्यक्ष दिनेगरी सहमति बनेको बताइएको छ ।

यद्यपी महाधिवेशनमा तरुण प्रतिनिधिलाई भोटिङ गर्ने अधिकारबाट वञ्चित गर्न नहुने भन्दै कृष्णप्रसाद सिटौला पक्षले मतदानमा जानुपर्ने अडान लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी