नेपाल एएफसी सोलीडारीटी कपको फाईनलमा

नेपाल एएफसी सोलीडारीटी कपको फाईनलमा

किरण चेमजोङले तीन वटा पेनाल्टी रोके

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ कार्तिक २७ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपको पहिलो सेमिफाईनलमा लाओसलाई पेनाल्टी सुटआउटमा पराजीत गर्दै फईनलमा प्रवेश गरेको छ । पेनाल्टीमा लाओसले नेपालको पोष्टमा एक गोल पनि गर्न सकेन । नेपाल ३—० ले बिजयी भयो ।

नेपालका गोल किपर किरण चेम्जोङले सबै प्रहार बिफल पारेका थिए । नेपालका तर्फबाट हेमन , गुरुङ विक्रम लामा र सुजल श्रेष्ठले गोल गरेका थिए । नेपाललाई अन्तिम समयसम्म चूनौती दिएको लाओस पेनाल्टीमा भने सफल हुन सकेन । निर्धारीत समयको खेल १—१ गोलको बराबरीमा रोकिए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यस पछि फेरी पनि दुवै टिमले एक एक गोल गर्दै खेल २— २ बराबरीमा पुर्याए पछि पेनाल्टीमा धकेलियो ।

लाओसले पहिलो हाफ्को १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । त्यस पछि दोस्रो हाफ्मा नेपालले ४७ औं मिनेटमा बिमल घर्तीको गोलमा बराबरी गर्यो । उनले भरत खवासको हेड पासमा गोल गरेका थिए ।
अनन्त तामाङले अतिरिक्त समयको १ सय ४ औं मिनेटमा हेमन गुरुङका क्रसमा आकर्षक गोल गरे पछि २—१ को अग्रता बनाउन सफल भएको थियो । तर लाओसले पुनः १ सय १६ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
खेलको अन्तिम ईन्जुरी समयमा नेपालका गोल किपर किरण चेमजोङ समेत विट भएको अवस्थामा लाओसले गरेको गोलको प्रयास डिफेन्डर अनन्त तामाङले विफल पारेका थिए । उनले आकर्षक रुपमा गोल लाईनबाट बल बाहिर पुर्यएका थिए ।
खेल पछि पोष्ट म्याच कन्फेरेन्समा नेपालका प्रशिक्षक कोजीले अब फाईनलका लागि टिमलाई अझ उच्च रुपले तयार पार्ने बताए । लाओसका कोचले खेल राम्रो भए पनि अन्तममा दुर्भाग्य पैदा भएको भन्दै नेपाललाई बधाई दिए । नेपालले अब पर्सी फाईनलमा मकाउ र ब्रुनाई मध्य बिजेतासगँ खेल्ने छ । आजै दोस्रो सेमिफाईनल खेलमा मकाउ र ब्रुनाईबीच जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी