काठमाडौ, २७ कार्तिक ।
विश्व कप २०१८ को युरोपियन क्षेत्रको छनौट अन्तर्गत जर्मनीले सान मारिनोलाई ८–० ले पराजित गरेको छ ।
समूह सीमा रहेको जर्मनीका लागी सर्ज नाब्रीले तीन तथा जोनास हेक्टरले दुई तथा सामी खेडिरा र केविन भोल्लाण्डले एक एक गोल गरेका थिए ।
लगातार चार खेल जित्दै जर्मनी १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
जर्मनीको जितमा सर्ज नाब्रीले तीन तथा जोनास हेक्टरले दुई तथा सामी खेडिरा र केविन भोल्लाण्डले एक एक गोल गरे ।
समूह सी अन्तर्गत नै नर्दन आयरल्याण्डले अजरबैजानलाई ४–० तथा चेक गणतन्त्रले नर्वेलाई २–१ ले हरायो ।
यसैगरी, अर्को खेलमा फ्रान्सले स्वीडेनलाई २–१ ले हराएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको समूह एमा रहेको फ्रान्सलाई जिताउन पाउल पोग्बा र दिमित्री पेयटले गोल गरे ।
जितपछि चार खेलबाट १० अंक जोडेको फ्रान्स समूहको शीर्ष स्थानमा छ । यस्तै अन्य खेलमा अमर्ने्नियाले मन्टेनेग्रोलाई ३–२, डेनमार्कले काजकस्तानलाई ४–१ तथा पोल्याण्डले रोमानियालाई ३–० ले हरायो ।
समूह एफमा रहेको इंग्ल्याण्डले स्कटल्याण्डलाई ३–० ले हराउदा स्लोभाकियाले लिथुवानियालाई ४–० तथा स्लोभेनियाले माल्टालाई १–० ले हराएको छ ।