धरानमा १७५ मिटर अग्लो बुद्धको मूर्ति भयो शिलान्यास

धरानमा १७५ मिटर अग्लो बुद्धको मूर्ति भयो शिलान्यास

  • शुक्रबार, कार्तिक २६, २०७३
  • भरतराज शर्मा (गोपाल)

  • 12K
    SHARES

कार्तिक २६ सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० को छोटी मोरङमा निर्माण गरिने विशाल हजार बुद्ध (थाउजेण्ड बिग बुद्ध) विहारको शिलान्यास गरिएको छ । पर्यटकीय क्षेत्र भेडेटारदेखि केही तल्लो भागमा रहेको छोटी मोरङको १० बिघा क्षेत्रफलमा दुईतले बौद्ध विहारको माथिल्लो भागमा १७५ मिटर अग्लो अर्धकद भएको बुद्ध मूर्तिसगै तल्लो तलामा एक हजार बुद्धको अर्धकदका मूर्ति रहनेछ । सुनसरी उद्योग वाणिज्य सङ्घ समेतका सक्रियतामा यस विहार निर्माण हुन लागेको हो ।

धरानबाट सहजै नाङ्गो आँखाले समेत देखिने गरी उच्च दृश्यावलोकन गर्न सकिने ढङ्गले डिजाइनिङ गरी सूर्योदय बौद्ध विहारले परिकल्पना गरेको थाउजेण्ड बिग बुद्ध विहार अहिले सम्मकै सबैभन्दा ठूलो र आकर्षक ढङ्गको हुने बताइएको छ । करिब एक अर्बको लगानी रहने थाउजेन बिग बुद्ध विहार बौद्ध धर्मावलम्बीको पुजनीय र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा हुने बताइएको छ । उक्त स्थानमा बौद्ध धार्मिक पूजास्थल केन्द्र आकर्षक पार्क लगायतका भौतिक पूर्वाधार सगै चिकित्सकीय भवन समेत रहने धरान नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभएको छ ।

थाइल्यान्ड, हङकङ अस्ट्रेलिया, बेलायत लगायतका देशमा बसोबास गर्ने बौद्धिस्टको सहयोगमा निर्माण हुने थाउजेन बिग बुद्धको निर्माणले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी मात्र नभएर अब धरानको बूढी मोरङ पनि बुद्ध धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास हुने बताइएको छ ।  विश्वमा नेपाल एक हिन्दू राज्य, भगवान् गौतम बुद्धको जन्मभूमि अनि विश्वको अग्लो चुचुरो सगरमाथा भएको देशका नामले प्रख्यात रहेकोले धरान उपमहानगरपालिका सूर्योदय बौद्ध बिहार र यस थाउजेण्ड बिग बुद्ध विहारले नेपालको शिर उच्च बनाउन थप मद्दत पुग्ने विश्वास सर्बसाधारणले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी