पुरानो ढुङङाले प्रदर्शन नहुदै लगानी उठायो

पुरानो ढुङङाले प्रदर्शन नहुदै लगानी उठायो

  • शुक्रबार, कार्तिक २६, २०७३
  • भरतराज शर्मा

  • 12.2K
    SHARES

कार्तिक २६ धरान ।  आउदो मंसिर १० गतेबाट  देशैभरि प्रर्दशन हुन् लागेको नेपाली चलचित्र पुरानो ढुगा प्रर्दशन अगावै लगानी उठाईसकेको घोषणा गरेको छ ।
शुक्रबार धरान ९ पुतली लाईन स्थित होटल हाङकुक कोरियन रेस्टुरेन्टमा   गरेको पत्रकार भेटघाट कार्यक्रममा सो घोषणा गरेको  चलचित्रका निर्दैशक रामबाबु गुरुङले जानकारी दिनुभएको छ ।
निर्दैशक गुरुङले पत्रकारहरुमाझ बोल्दै चलचित्र पुरानो ढुगा तालको किनारमा एउटा माझि समुदायले आफनो परिबारको जीवीकोपार्जन कसरि गरिरहेको हुन्छ र जादुभाईमा ढुगा बाडफाड हुदा परिबारमा पर्नै समस्याका बारेमा चित्रण गरेको बताउनु भयो ।

उक्त चलचित्रको पत्रकार सम्मेलनमा गरिएको घोषणा अनुसार १ करोड १० लाखको लागतमा निर्माण भएको चलचित्रले बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने प्रयास गरिएको दिर्नैशक गुरुङले बताए । चिलचित्रको सम्पुर्ण छायांकन  नेपालको पोखरमा गरिएको छ । चलचित्रमा माओत्से गुरुङ,दयाहाङ राई, प्रियका कार्की,मेनुका प्रधान,बृद्धि तामाङ,पुस्कर गुरुङ,धनबहादुर गुरुङ,सजन थापा,नौजङ गुरुङ,बिश्वास गुरुङ, तथा पुर्णिमा गुरुङको मुख्य भूमिका रहेको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रलाई सिनेमा आर्ट र माओत्से गुरुङकोे ब्यानरमा माओत्से गुरुङ,बाल्मीकी पोखरेल,मणिराम पोखरेल,रौनक बिक्रम कडेल,ओम चन्द्र रौनियार तथा धन बहादुर गुरुङको संयुक्त लगानीमा निर्माण गरेका हुन् । आयदो मंसिर १० बाट राजधानी लगायतका देशैभरि करिब ८० प्रतिशत हलहरुमा चलचित्र पुरानो ढुगां लाग्ने निर्माण पक्षले जानाएको छ । चलचित्रमा चर्चित संगितकार काली प्रसाद बास्कोटाको संगितमा ३ बटा गसुमधुर गीत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी