विश्व कप छनोटको खेलमा  उरुग्वे विजयी

विश्व कप छनोटको खेलमा  उरुग्वे विजयी

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी, कात्तिक २६।
विश्व कप २०१८ को छनौट अन्तर्गतको आज विहान भएको खेलमा  उरुग्वे विजयी भएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

घरेलु मैदानमा अहिले सम्म भएका ६ खेलमा जित निकालेको उरुग्वेको जितमा पहिलो हाफमा सेबास्टिएन कोएटिस र डिएगो रोलानले गोल गरे ।

यस्तै इक्वेडरका लागि काइसेडोले एक गोल फर्काए । १२ औं मिनेटमा कोएटिसले र ४५ ओ मिनेटमा गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा काइसेडोले इक्वेडरका लागि बराबरी गोल फर्काए ।

त्यसको एक मिनेटपछि रोलानले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

११ खेलबाट २३ अंक रहेको उरुग्वेले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी