हिजो ,
देश को मेरुदण्ड
भविष्यको कर्णधार
विकाशको आधार
साथमा नयाँ बिचार
उ विद्यार्थी हो ।
आज ,
उ अध्ययनरत छ ,
थाहा छ उसलाई ,
नेपाल जलस्रोतको दोश्रो धनी देश
पढेको छ उसले,
गोर्खाली गाथा को अवशेष
देखेको छ उसले
बुद्धको देशमा शान्तिको भेष
स्मरण छ उसलाई ,
सगरमाथा भन्दा अग्लो उसको स्वाभिमानमा पुगेको ठेस
मात्र आनुभवमा फरक ,
उसको वातावरण ,चलचित्र भन्दा वेस।
भोली ,
उसले अध्ययन सकेको छ ,
झोला मा प्रमाणपत्र,
मनभरि आशा,
एक नयाँ जिवनको सुरुवात,
परिकल्पना गरेको छ उसले,
भविष्यमा जिवनको आनुवाद |
अन्तत ,
मोडिएको जिवन,
अथाह पिडा,
तर , बाँच्नका लागि आवश्यक,
उ धिर्काछ आफुलाई ,
आफ्नो समयलाई , आफ्नो परिवेशलाई,
खै , कहाँ थियो सरकार ?
परिक्षा अगाडीको समय लोडसेडिङमा बिताउँदा,
खै , कहाँ थिए पुर्खाहरु ?
आँट भए पनि अवसरबाट बन्चित हुँदा,
खै , कहाँ थिए बुद्धको अनुशरण गर्ने नेताहरु ?
द्वन्द र कोलाहलमा उसले जिवन बिताउँदा,
खै , कहाँ गयो उसको प्रमाणपत्रको आस्तित्व ?
भनसुनको भरमा कमजोर विद्यार्थीले जागिर पाउँदा,
आज , उ मात्र एक्लो ब्यक्ति हो ,
“सबैजना मिलेर बसौ” भन्ने वाक्य बोल्ने,
खलासी भएर चिनिए पनि,
आम जनतालाई साथ दिने ,
त्यसैले , उ देश को मेरुदण्ड हो ,
यात्रुलाई गन्तब्य मा पुर्याएर ,
आज समयको परीक्षा दिने,
उ एक विद्यार्थी हो ।