लमजुङका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

लमजुङका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कार्तिक २४,   बेशीशहर । जिल्ला कृषि विकास कार्यालयले यहाँका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । सुन्तला किसान योगेन्द्र भण्डारी, तरकारी किसान चन्द्रबहादुर रानाभाट र दीपेन्द्र वोहरालाई जिल्लास्तरिय राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । उनीहरु क्षेत्रीयस्तरको पुरस्कारका लागि छनौट भएका छन् । पुरस्कारको राशी नगद १०/१० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । चिती गाविस १, स्याउतका भण्डारीले व्यवसायिक सुन्तला खेति गर्दै आएका छन् । उनको पुरस्कार थाप्दै छोरा दीपक भण्डारीले ६ सय बोटमा सुन्तला फलेको र यसपटक करीब ५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने बताए ।

करापुटार नगरपालिका–७, माझीगाउँका कृषक रानाभाटले ९ रोपनी जग्गामा गोलभेंडा, बन्दा, काउली लगायतको तरकारी खेती गरेको बताए । बेसीशहर नगरपालिका–५, वोहराबेंसीका वोहराले ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको र ६ रोपनी क्षेत्रमा तरकारी खेती गर्ने तयारी गरिएको बताए ।

किसानहरुलाई सांसद्द्धय टुकाभद्र हमाल, लालबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, स्थानीय विकास अधिकारी शेखर पौड्याल र वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, ‘बढ्दैछ जलवायु परिवर्तन, खाद्य र कृषिमा अनुकूलन’ भन्ने शीर्षकको माविस्तरीय निवन्ध लेखन प्रतियोगितामा शिशु विद्याश्रम मावि कक्षा १०, राइनास चक्रतीर्थका विकाश भट्ट प्रथम, संस्कृति सदन मावि कक्षा १०, दुराडाँडा अर्चल्यानीका अनिश अधिकारी द्धितीय, भूपू सैनिक आवासीय मावि कक्षा ८, भोटेओडारका मार्किना आचार्य तृतीय र उक्त स्कुलकै कक्षा ९ का सुजन दवाडी सान्त्वना भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी