लगातार चौथो पटक वर्ष खेलाडी बने ग्यारेथ बेल

लगातार चौथो पटक वर्ष खेलाडी बने ग्यारेथ बेल

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी, २४ कार्तिक । ग्यारेथ बेल वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । रियल मड्रिडका बेल छटौं पटक वेल्सको वर्ष खेलाडी घोषित भएका हुन् । उनी लगातार चौथो पटक वर्ष खेलाडी बन्न सफल भए ।
लगातार चौथो पटक वर्ष खेलाडी बनेका बेलले वेल्सलाई युरो कप २०१६ को सेमिफाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै उनले रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि भूमिका खेलेका थिए ।
स्टोक सिटीका मिडफिल्डर जो एलनले पनि दुईवटा अवार्ड जितेका छन् । एलनले प्लेअर्स र फ्यान प्लेअर अफ द इयर अवार्ड जितेका हुन् । एलनले पनि वेल्सलाई युरो कपमा ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानलाई फुटबल एसोसिएसन अफ वेल्सले विशेष अवार्ड प्रदान गरेको छ । कोलेम्यान विश्व फुटबलको प्रशासकीय निकाय फिफाको पुरुष वर्ष प्रशिक्षकमा पनि मनोनयनमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी