ब्रुनाईलाई ३–० ले हराउदै नेपाल एएफसी सोलीडारीटी कपको सेमिफाईनलमा

ब्रुनाईलाई ३–० ले हराउदै नेपाल एएफसी सोलीडारीटी कपको सेमिफाईनलमा

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कार्तिक २३ काठमाण्डौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज बु्रनाइ विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३–० को जीत निकालेको छ । यो जीत सगै नेपाल समुह ए को बिजेता बन्दै सेमिफाईन प्रवेश गरेको छ ।
पहिलो खेलमा कमजोर मानिएको टिम टिमोर लिष्टेसगँ गोल रहित बराबरीले निराश बनेका समर्थकलाई टिमले यो जीत मार्फत आशा जगाईदिएका छन् । लेसियाको सारावाकमा रहेको रंगशालमा भएको खेलमा नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफ्को ईन्जुरी समयमा आकर्षक गोल गरेका थिए । पहलो प्रहारलाई ब्रुनाईका गोल रक्षकले बचाए पछि रिबाउन्डेब बलमा नवयुगले कुनै गल्ती नगरी गोल गरेका थिए ।
त्यस पछि दोस्रो हाफ्को ७१ औं मिनेटमा गोल गर्दै भरत खवासले टिमको अग्रता दोव्वर पारे । कर्नरमा रिबाउन्डेड बलमा उनले गोल गरेका थिए । त्यस पछि ७८ औ मिनेटमा ब्रुनाईका खेलाडीले बिमलमाथि फल गर्दा पाएको पेनाल्टीमा विमल घर्तीले गोल गर्दै जीत निश्चित पारे । बलियो भनिएको ब्रुनाईले नेपाल विरुद्ध इन्जुरी समयमा गरेको आक्रमणलाई गोल रक्षक किरण चेमजोङले बचाएका थिए ।
केही खेलाडी परिवर्तन गरेर मैदानमा उतारेका जापानी प्रशिक्षक कोजीले टिमले राम्रो प्रदशन गरेर नतिजा ल्याएको भन्दै अब सेमिफाईनललाई ध्यान दिने बताए । कोजीले आज भरत खवास र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा राखेका थिए ।

पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले यो खेलमा शानदार पुनरागमन गरेको हो । यस्तै बु्रनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको थियो । सात देश सहभागि प्रतियोगितामा समूह एमा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ रहेको छ भने समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी