विभिन्न निर्माणाधिन आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री दाहाल पूर्वी जिल्ला भ्रमणमा

विभिन्न निर्माणाधिन आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री दाहाल पूर्वी जिल्ला भ्रमणमा

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २३ कार्तिक । विभिन्न निर्माणाधिन आयोजनाको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज पूर्वी जिल्ला भ्रमणमा जानु भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, कोशी लोकमार्ग तथा स्थानीय सडक निर्माण तथा स्तरोन्नतीमा भइरहेको प्रगतिबारे अध्ययन गर्न प्रधानमन्त्री दाहाल त्यसतर्फ जानु भएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त केही ठूला परियोजना र स्थानीय परियोजनाका विषयमा प्रधानमन्त्रीले दाहालले दोलखा, खोटाङ, शंखुवासभा लगायत जिल्लाका स्थानीय अधिकारीसँग छलफल समेत गर्ने तयारी रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन निरिक्षणपछि प्रधानमन्त्री दाहालले आजै खोटाङ जिल्लास्थित सरकारी निकायका प्रमुखहरुसँग छलफल समेत गर्नुहुनेछ ।  उहाँ आजै काठमाडौ फर्किनु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी