अनेसास जापानको ३८औं साहित्यिक शृङ्खला टोकीयोमा सम्पन्न

अनेसास जापानको ३८औं साहित्यिक शृङ्खला टोकीयोमा सम्पन्न

  • सोमवार, कार्तिक २२, २०७३
  • फुर्वा शेर्पा

  • 8.3K
    SHARES

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा भव्यरूपमा सम्पन्न भयको छ।

संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावास टोकीयोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल हुनुहुन्थ्यो भने विशिष्ट अतिथीमा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला हुनुहुन्थ्यो। नेपाली मुरा हल(सोलमारी )सिनओकुबुमा राष्ट्रीय गान गान सुरूगरि गरिएको उक्त कार्यक्रममा आगन्तुक स्रष्टा,सर्जकहरूलाई कार्यक्रम संयोजक सरिता ढकालको स्वागत मन्तव्यसँगै महाकवी लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गरिएको थियो।

जापानमा रहेका साहित्यलाईल माया गर्नेहरुको प्रतिभा उजागर गर्न सकियोस भन्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको हो। अनेसास जापान सिटी मनी साहित्य पुरस्कारकोलागी जापान व्यापी खुला कबिता प्रतियोगितामा उत्कृष्ट तिन कविहरू रविन शर्मा, दिप पाठक र विमान किरातीलाई शिल्ड र तिन जना विजेतालाई प्रतीव्यक्ती १५००० एन राशिको पुरस्कार वितरण गरीएको थियो भने सहभागी ३७ जना स्रष्टाहरूलाई मायाको चिनो वितरण गरियको थियो।

japan-2

उक्त साहित्यीक श्रृंखलामा स्रष्टाहरू: बिपिन घिमिरे,जयन्त सोकल, रविन्द्र दिखुक्पा, हेमन्त गिरि, बिमान किराति, मञ्जु गिरी,रबिन शर्मा, लक्ष्मी रेग्मी, अरुण पौडेल, नारायण कंडेल,सरिता ढकाल, अरुण जङ्ग पुरी, वेलुकाजी थापा, भगवती उप्रेती, जीवन अर्याल, भुवन रोका, लोकनाथ अधिकारी, संगीता कुवँर, एल्सन काप्री, कमला काप्री, ग्रीष्मा पौडेल, पुष्कर जङ्ग थापा, केशव थापा, अनु भण्डारी, ध्रुब थापा, फणीकान्त आचार्य, दिप पाठक लगायतका स्रष्टाहरूले आफ्नो गहकीला,राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचना सुनायर माहोललाई काव्यमय वनायका थिय ।

यसै अवसरमा गतसाल जापानमा भयको चौथों अन्तराष्ट्रीय नेपाली साहित्य सम्मेलनमा विशेष सहयोग गर्ने र सहयोग गर्ने सहयोग दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरीनुका साथै सम्पुर्ण आजीवन सदस्यहरूलाई ब्याच र प्रमाणपत्र वितरण गरीएको थियो। उक्त कार्यक्रमको संचालन संस्थाका महासचिव दिप पाठकले गरेका थिय। स्मरणरहोस अनेसास जापानले हरेक तिन-तिन महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा,सर्जकका भावनालाई उजागर गरिरहेको छ।

japan-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी