संसदमा विचाराधीन महाभियोग प्रस्तावविरुद्ध मुद्दा दर्ता गर्ने कार्कीको तयारी

संसदमा विचाराधीन महाभियोग प्रस्तावविरुद्ध मुद्दा दर्ता गर्ने कार्कीको तयारी

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २२ कार्तिक ।  

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्ने तयारी गर्नु भएको हो ।

महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या र्पुयाएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको छ । सम्भवतः आज सर्वोच्चमा दुई निवेदन दर्ता गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

अदालतमा आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुट्नु भएको छ ।

करिब एक दर्जन कानुन व्यवसायीसँग हिजो कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सुझाव माग गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ