कविता– निदाएको बेला

कविता– निदाएको बेला

  • आइतवार, कार्तिक २१, २०७३
  • – अशोक कुँवर ‘नेत्र’

  • 10.5K
    SHARES

विचार गर
निदाएको बेला नै हुने हो
धोकाधडी,
षड्यन्त्र,
छलछाम ।

बाठा हुन्छन् छुसी,
खुराफातीहरू
थपथपाए झैँ गर्छन्
मुसार्छन्
गालामा म्वाइँ नै
खाउँला झैँ गर्दै
हुँडाल्न पुग्छन् पेट
झिक्छन् आन्द्रा भुँडी ।

म तिम्रै हुँ भन्छन्
लोलोपोतो गर्छन्
फकाउँछन्
निदाउनु त पर्छ नि भन्छन्
स्वास्थ्य बिग्रेला भनी
डर देखाउँछन् ।

षड्यन्त्रकारीहरू
विचित्रका हुन्छन्
उस्तै परे सुताउन
ओछ्यान नै तयार पारि दिन्छन्
निक्रिय बनाउनका निम्ति
मस्तिष्कलाई
इन्द्रजाले भ्रमले ढाकि दिन्छन्
हामीलाई
तिनप्रति कृतज्ञ हुनै पर्ने
लम्पसारै परौँ परौँ
सुतौँ, सुति हालौँ
भन्ने बनाउँछन् ।

तिनका निम्ति हाम्रो निद्रा
सुनौलो अवसर हुन्छ
हामी निदाओस् भन्दै
लोरी गाउँछन्,
बलि रहेको बत्ती
निभाइ दिन्छन् ।

छुसी,
खुराफातीहरू
हामी जागेको
हामीले कर्म गरेको
पटक्कै हेर्न रुचाउँदैनन्
बरु नजागोस् भन्दै
मिठो दुधमा
स्लिपिङ ट्याबलेट घोलेर
फकाई फकाई पिलाउँछन् ।

अब हामी
तिनका मिठा कुरामा
अलमलिनु हुन्नँ
मक्ख पर्नु हुन्नँ
च्याँखे दाउमा,
जागेर रातैभरि
रक्षा गर्नु छ
हाम्रा उपलब्धिहरू,
बुझ्नु पर्छ हामीले
हामी निदाउनु हुन्नँ
लामखुट्टे जस्ता परजीवीहरू,
अँध्यारोमा नै
बढी सक्रिय हुन्छन्।

विचार गर
निदाएको बेला नै हुने हो
धोकाधडी,
षड्यन्त्र,
छलछाम ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी