चेल्सी शीर्ष स्थानमा उक्लियो

चेल्सी शीर्ष स्थानमा उक्लियो

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, २१ कार्तिक । एभर्टनमाथि शानदार जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पाँच शुन्यले हराएर चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन इडन हजार्डले दुई गोल गरे भने मार्कोस एलोन्सो, डिएगो कोस्टा र पेड्रोले समान एक एक गोल गरे ।
एभर्टनमाथि एकतर्फी हावी भएको चेल्सीले खेलको १९ औ मिनेटमै हजार्डको गोलबाट सुरुवाति अग्रता लिएको थियो । त्यसको एक मिनेटपछि एलोन्सोले गोल गर्दै चेल्सीको अग्रता अग्रता दोब्बर पारे । त्यसपछि खेलको ४२ औं मिनेटमा कोस्टाले एक गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।
चेल्सीले दोस्रो हाफमा थप दुई गोल र्गयो । खेलको ५६ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । त्यसको १० मिनेट नबित्दै ६५ औं मिनेटमा पेड्रोले थप एक गोल गरेपछि चेल्सीले खेल ५–० ले आफ्नो पक्षमा बनायो ।
यो जितसंगै चेल्सी म्यानचेस्टर सिटीलाई पछि पार्दै इन्ग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । जितपछि चेल्सीले ११ खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको समान खेलबाट २४ अंक छ । लिगमा एक खेल कम खेलेको आर्सनल २३ अंकसहित तेस्रो स्थानमा छ । १६ अंक जोडेको एभर्टन छैटौ स्थानमा छ ।
लिग अन्तर्गत गएराति घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटी मिडल्सबर्गसँग एक एक गोलको बराबरीमा रोकिएपछि सिटी लिगको दोस्रो स्थानमा झरेको हो । सिटीका लागि पहिलो हाफको अन्तिम समयमा सर्जियो अग्युरोले गोल गरेर अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा मिडल्सबर्गका मार्टिन डि रुनले बराबरी गोल गरेर खेल बराबर बनाए ।
राति भएका अरु खेलमा सन्डरल्याण्डले बोर्नमाउथलाई दुई एक तथा बर्नलीले क्रिष्टिल प्यालेसलाई तीन दुईले हराएका छन । यस्तै वेष्ट ह्याम र स्टोक सिटीले एक एक गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी